२ मंसिर काठमाडौँ । बजार आज झिनो अकंले बढ्न पुगेको छ । दिनभर उताप–चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो ।
शेयर लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका छन् । पहिलो समिक्षा मार्फत शेयर बजारलाई बाधा गर्ने केहि नीति खुकुलो भएको खण्ड बजारले लय लिने विश्वास गरीएको छ । लगानीकर्ताले प्रमुख माग अन्तर्गत शेयर धितोकर्जामा ब्यक्तिगत तर्फमा लगाएको क्याप र जोखिमभार १०० प्रतिशतमा पुराउन माग गरेका छन् । यता, लघुवित्तको लाभांशमा तोकिएको सीमा समेत खारेजको माग लगानीकर्ताहरुको रहेको छ ।
नियामक निकाय शेयर बजारप्रति सकारात्मक रहेको बेला आफ्ना माग मौद्रिक नीतिको समिक्षा मार्फत पुरा हुने विश्वास आम लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलिले शेयर बजारलाई विशेष चासोको रुपमा हेर्दै आइरहेका छन् । सोहि कारण पनि लगानीकर्ता उत्साहित देखिन्छन् ।
बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको र अर्थतन्त्रका सूचक समेत सकारात्मक हुँदै गएको बेला बजारले बुलको यात्रा तय गर्ने आंकलन हुन थालेका हुन् । बजार घट्नुपर्ने कारण नभएको भन्दै लगानीकर्ताले मौद्रिक नीति हेरेर बसेको एक लगानीकर्ताले बताए । मौद्रिक नीतिसम्म लगानीकर्ता पर्ख र हेरको अवस्था रहेको देखिन्छ ।
आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज तीन सय २६ वटा कम्पनीका दुई करोड ४४ लाख कित्ता शेयर ११ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।