३० कात्तिक बर्दिया । नेकपा माओवादी केन्द्रले राजनितिक परिवर्तन सगै रोजगारको ग्यारेन्टि हुनु पर्नेमा जोड दिएको छ । देश लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगीसकेपछि को उपलव्धिलाई सस्थागत गर्दै रोजगारको अवस्थालाई पनि सगसगै लिएर जानुपर्नेमा त्यो पछाडि छुटेको निश्कर्ष निकालेको हो । नेकपा माओवादी केन्द्र गुलरिया नगर समितिले आयोजना गरेको नगर स्तरिय विशेष प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिनु भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक शर्मा हिमालले समय परिवर्तन सगै पार्टिलाई पनि नयाँ ढगबाट जनताको विचमा लैजानुपर्नेमा जोड दिनु भयो । साथै उहाले पछिल्लो पटक माओवादीमा आम जनताको विश्वास बढदै गएको दावी गर्दै यसलाई सदुपयोग गर्न आवश्यक भएको बताउनु भयो , युवाहरुले राजनितिलाई कमाई गर्ने थलो भन्दा पनि समाज सेवाको रुपमा लिन सुझाव समेत दिनु भयो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सदस्यद्धय होमनाथ न्यौपाने , दुर्गाबहादुर विश्वकर्मा अविरल लगातकाले प्रशिक्षण दिदै एक पटक फेरी माओवादीको नेत्रृत्वमा सरकार बन्नेमा आम मानिसले आशा लिएको दावी गर्दै माओवादीले उठाएका एजेन्डालाई सरल र सहज रुपमा जनताको विचमा पुरर्याउनु पर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्र गुलरियाका नगर अध्यक्ष गेहेन्द्र ढकालले युवाहरु पछिल्लो पटक रोजगारीको लागी विदेश जानु पर्ने बाध्यता लाई कम गर्नका लागी थोरै लगानीमा गर्न सकिने कार्य तथा योजनालाई प्राथमिकतामा राखी काम गर्ने र देशमा परिवर्तका लागी माओवादीले गरेको कार्यको विषयमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।