नेपाल–भारत सम्बन्धमा कमला नदी स्नानको भूमिका

321Shares
नेपाल–भारत सम्बन्धमा कमला नदी स्नानको भूमिका

२९ कार्तिक जनकपुरधाम ।नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारतबीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ ।
यसै अवसरमा नेपाल भारत खुला सिमा संबादले नेपाल भारतबाट आएका साधुसंतहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब दुई सय ५० को संख्यामा रहेको साधु संतहरुलाई दही, च्युरा, चिनी, तरकारी अचारको भण्डारा (खाना) गराईएको छ ।
कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाका अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजापाठ गर्ने गरिन्छ । यस दिनलाई “देव दिवाली” पनि भनिन्छ । यो दिन गंगा, सरयू, यमुना, र नेपालका नदीहरूमा स्नान गर्ने परम्परा छ । जनकपुर क्षेत्रका श्रद्धालुहरूको लागि विशेषगरी कमला नदीमा स्नान गरेर पुण्य प्राप्त गर्ने मान्यता रहेको बताउदै उनले यो अवसरमा कमला नदीको किनारमा मेला लाग्ने गरेको बताए । जहाँ नेपाल र भारतका बिभिन्न स्थानबाट आएका श्रद्धालुहरूले सामूहिक रूपमा स्नान गर्छन् ।
प्रदेश सहसंयोजक दिपक यादवले नेपाल–भारत सम्बन्धमा कमला नदी स्नानको भूमिकाको बारेमा बोल्दै कमला नदी नेपाल र भारतको सीमामा पर्ने नदी हो । यसरी नेपाल र भारतका बासिन्दाले एकै स्थानमा स्नान गर्ने परम्पराले सांस्कृतिक आदान–प्रदानको अवसर सिर्जना गर्दछ । कार्तिक पूर्णिमाको यस विशेष स्नानमा दुवै देशका जनताबीचको आपसी मेलमिलाप, सद्भाव, र सहकार्यलाई प्रवद्र्धन गर्न योगदान गरेको बताए ।
संस्थाका कार्यालय सचिब कृष्ण कुमार साह नेपाल र भारतबीच धार्मिक–विकासमा पनि कमला नदी स्नानको महत्वपूर्ण भूमिका रहेको बताए । हरेक वर्ष मेला भर्न आउने हजारौं तीर्थयात्रीहरूले पर्यटन क्षेत्रलाई चलायमान राख्छन्, जसले स्थानीय व्यवसायलाई पनि मद्दत पुर्याएको उनले बताए । साथै, दुई देशका स्थानीय प्रशासनले यस पर्वलाई व्यवस्थित बनाउन सहकार्य गर्दै आएका छन्, जसले दुई देशबीचको प्रशासनिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ बताउनु भयो।सतोखर घाट मंन्दिरको महन्त श्री शिव दयाल दास बाबाले कार्तिक पूर्णिमामा हुने कमला नदी स्नान केवल धार्मिक परम्परामा मात्र सीमित नभएर नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन महत्त्वपूर्ण साधन बनेको बताए । धार्मिक र सांस्कृतिक सहकार्यको प्रतीक यस पर्वले नेपाल र भारतका जनताबीचको ऐक्यतालाई प्रगाढ बनाउँदै लैजाने विश्वास गर्न सकिन्छ बताए ।