बलात्कार गरेको आरोपमा बर्दियामा एक युवक पक्राउ

237Shares
बलात्कार गरेको आरोपमा बर्दियामा एक युवक पक्राउ

८ कात्तिक बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।