उपेन्द्र यादव बने संसदीय दलको नेता

उपेन्द्र यादव बने संसदीय दलको नेता

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामाचयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए।

गत मंसिरमा भएको निर्वाचनमा एमालेको साथ पाएर पनि सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव यही वैशाख १० गते वर्तमान सत्ता गठबन्धनको साझा उमेदवार भइ  उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन ।