कमाउदै सिक्दै कार्यक्रम संचालन गरिने

कमाउदै सिक्दै कार्यक्रम संचालन गरिने

काठमाडौं – सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दैमा परिमार्जन गर्ने बताएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन्। यसलाई प्रोत्साह गर्ने र अभियानकैरूपमा अघि बढाउने राष्ट्रपतिले बताएका छन्।

‘विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरवलोकन गरिने छ। यस वर्षजस्तै शैक्षिक सत्रको सुरूमै पाठ्यपुस्तक उपलब्ध गराइने छ। आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ,’ राष्ट्रपति पौडेलले सदन समक्ष बताए।