काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।
उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित बनेको बताए । उनले अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्था समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।