राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड दश प्रतिशत बनाउँछौं: शंकर पोखरेल

21Shares
राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड दश प्रतिशत बनाउँछौं: शंकर पोखरेल

२०८१ श्रावण १५ गते काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले वामपन्थीहरूबीच हुने एकता अब एकादेशको कथा भइसकेको बताउँदै पुरानो बाटो नहिँड्ने बताए ।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको भनाइ थियो।

दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गर्नुभयो । अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उहाँले बताए ।पूर्वप्रधानमन्त्री माधव नेपालप्रति लक्षित गर्दै उनले अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा गठबन्धन भत्काउने काम भएको दाबी गरे । उनले स्थायित्व र विकासका लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको बताए ।