काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताएका हुन् ।
तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा फैलाउन विशिष्ट योगदान पुर्याए वापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गरिएको हो । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धिचरणका रचनाहरुमा सामाजिक, न्याय र समानताका साथै बिकास र परिवर्तनको चेतना देखिएको बताउनुभयो ।