कैलालीमा स्कुल बस दुर्घटना

57Shares
कैलालीमा स्कुल बस दुर्घटना

१४ साउन कैलाली । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मीमा स्कुल बस दुर्घटना भएको छ ।

सोमबार आज दिउँसोे गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से०१००१ख२१८२ नम्बरको बस दुर्घटना भएको हो ।विद्यालय समयपछी विद्यार्थी छोड्न जान लागेको उक्त बसमा २७ जना विद्यार्थी रहेको र दुर्घटनामा २ जना घाइते भएको स्याउले अस्थाई प्रहरी पोस्टले जनाएको छ ।

घाइते हुनेमा विप्लब खड्का र प्रकाश रावत रहेका छन् । उनीहरुलाई उपचारको लागि पदमा अस्पताल लगिएको छ ।अन्यको अवस्था सामान्य रहेको बताईएको छ । आफ्नै विद्यालयको अर्को बसलाई ओभरटेक गर्न खोज्दा बस दुर्घटना भएको स्याउले अस्थाई प्रहरी पोस्टले जनाएको छ ।