काठमाडौं – लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती (वसन्त ) दुर्घटनामा परेका छन ।
सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले बताए।बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ।
सभामुखको सचिवालयका एक कर्मचारीका अनुसार सभामुख आफैंले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किएको थियो। मानवीय क्षती नभए पनि गाडीमा क्षती भएको हो । पाँच दिन पहिले भएको उक्त घटना सभामुखको सचिवालय र प्रहरीले समेत गुपचुप राखेको थियो।
दुर्घटनामा परेपछि उक्त जिपलाई सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो। अहिले उक्त जिपलाई त्यहाँबाट पनि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको प्रदेश सभा सचिवालयका एक अधिकारिले बताए।