१३ साउन, काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस भेटिएको छैन । लामो समय सम्म खोजी गर्दा पनि नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ ।लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिनु भयो ।असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।