दीपक शर्मा
८ साउन जाजरकोट । कारागार कार्यालय जाजरकोटमा क्षमता भन्दा वढि कैदी बन्दी रहेका छन ।
कारागार कार्यालय जाजरकोटका प्रमुख चन्द्रबहादुर गीरीले हाल ४२ जना कैदी र २९ जना थुनुवा गरी जम्मा ७२ जना थुनुवा तथा कैदी बन्दि रहेको जानकारी दिनु भयो । ति मध्ये ६ जना ६० वर्ष माथिका छन भने ६० वर्ष मुनिका ६६ जना रहेका छन । पछिल्लो पटक थप एक कोठा निर्माण भएपछि कैदि बन्दि राख्न खासै समस्या नभएपनि ३५ जनाको क्षमता कारागारमा हाल ७२ जना केदि थुनुवा रहेका कारण सुत्नको समस्या भएको गीरीले बताउनु भयो । ७२ जना कैदि थुनुवा मध्ये अधिकांस जबरजस्ती करणी मुद्धाका छन भने बाँकि कर्तव्य ज्यान मुद्धाका छन । भौतिक पुर्वाधारको अभावमा केदि वन्दिको सख्या बढदै जाँदा राख्न समस्या हुने देखिन्छ । क्षमता भन्दा वढि केदि बन्दि भएका कारण समस्या त हुने नै भयो यसका लागी सम्वन्धित निकायमा जानकारी पनि गराइएको कारागार प्रमुख चन्द्रबहादुर गीरीले बताउनु भयो ।