२०८१ श्रावण ८ गते काठमाडौं । चितवन नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको खोजी कार्य जारी छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । तर ११ दिन बितिसक्दा पनि बस र केहि यात्रुहरु फेला पर्न नसकेपछि खोजी कार्य जारी राखिएको हो ।
नेपालका सुरक्षाकर्मीका साथै भारतबाट आएका प्राविधिक टोलीले घटनास्थल वरपर खोजिकार्य गरिरहेका छन् । उक्त दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ । खोजीकार्य टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरेको छ ।