आज यी तीन प्रदेशमा हुनेछ भारी वर्षा, यस्तो रहनेछ आगामी तीन दिनको मौसम

39Shares
आज यी तीन प्रदेशमा हुनेछ भारी वर्षा, यस्तो रहनेछ आगामी तीन दिनको मौसम

२०८१ श्रावण ८  गते  काठमाडौं । । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

अबको २४ घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।