चिनिकाजीले झुकाएरै छोडे बालेनलाई

45Shares
चिनिकाजीले झुकाएरै छोडे बालेनलाई

८ साउन काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा थालेको फुटपाथ विस्तारको काम स्थगित भएसँगै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सम्बोधन गरेका छन । महानगरसँग सहमति भएपछि न्यूरोडमै आएर उनले कोणसभालाई सम्बोधन गरेका थिए ।कोणसभामा वडाध्यक्ष महर्जनलाई ‘न्यूरोड आन्दोलनका नायक’ सम्बोधन गरिएको थियो । उनले छोटो सम्बोधन गर्दै जनताको जीत भएको बताए । प्रजातन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भएको उनको भनाइ छ ।बताइएअनुसार २४ नम्बर वडामा फुटपाथ विस्तार भइसकेको हुँदा त्यहाँ पर्ने असरका बारेमा अध्ययन हुनेछ । २३ र २२ नम्बर वडामा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।महानगरले फुटपाथ विस्तार सुरु गरेसँगै स्थानीय आन्दोलित बनेका थिए । उक्त आन्दोलनको नेतृत्व २२ नम्बर वडाका अध्यक्ष महर्जनले गरेका हुन् । उनले हिजोबाट सडकमै टेबलकुर्सी राखेर वडाको काम थालेका थिए । अव मंसीर २ गते सम्म त्यहा काम स्थगीत हुने भएको छ ।