भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय : प्रधानमन्त्री ओली

30Shares
भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय : प्रधानमन्त्री ओली

२०८१ श्रावण ७  गते  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरलाई तीनवटा कोणबाट नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सुशासन सेवा प्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको भन्दै भ्रष्टाचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायहरूको अवलम्बन गर्ने बताए ।

सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको उहाले बताउनुभयो । उहाले ठूलासाना जोसुकै भए पनि दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो ।

सांसद्हरूले हालैको समयमा मुलुकमा देखा परेका विभिन्न भ्रष्टाचारका काण्डहरूमा ओली नेतृत्व सरकारको सम्भावित कदमबारे प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलहरुबाट प्राप्त हुन आएका सुझाव एवं सहकारी पीडितहरुसँग पटक–पटक गरिएका सहमतिहरू कार्यान्वयन हुने क्रममा रहेको बताउनुभयो ।