प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

24Shares
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

२०८१ श्रावण ७  गते काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक  बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।