जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिमारी , दुईको अवस्था गम्भीर

51Shares
जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिमारी , दुईको अवस्था गम्भीर

५ साउन बझाङ । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्।दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन्।विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए। तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्‍याएकी थिइन्।जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ।