उपसभामुखविरुद्ध उजुरी

87Shares
उपसभामुखविरुद्ध उजुरी

५ साउन काठमान्डौ । गैरसांसद व्यक्तिलाई अमेरिकाको भिसा दिलाउन पदीय हैसियतको दुरुपयोग गरेको तथ्य खुलेपछि आलोचनामा परेकी उपसभामुख इन्दिरा रानाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।
भक्तपुरका अर्जुन बाँस्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् । उजुरीमा संवैधानिक पदमा रहेको व्यक्तिले पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनीमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । समिति सभापति रामहरी खातिवडाले साउन १ गते नै उजुरी परेको र भोलिपल्ट आफूले तोक लगाएको जानकारी दिए ।