२०८१ श्रावण ३ गते काठमाडौं ।– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताउनुभएको हो । निजि क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले बिशेष ध्यान दिने उहाले बताउनुभयो ।
उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनिसँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले दुई ठूला दल मिलेर सरकार बनाएका कारण देशमा स्थायीत्व भएको महशुस गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभयो
भेटवार्ताका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाल राष्ट्र बैंकको नीतिका कारण मुलुककै आर्थिक वृद्धिलाई असर परेको गुनासो गर्नुभएको छ । यसलाई तत्काल खारेज गर्नुपर्ने उहाँको माग थियो ।