२०८१ श्रावण ३ गते काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ। बुधबार राति परेको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ ।
बिहीबार राति भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो।
महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ। यसअघि काठमाडौँ महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो । कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो ।
भवन परिसरमा जमेको पानी अहिले दुइवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ।