संघीय संसद्का दुवै सदनको बैठक बस्दै

765Shares
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

२०८१ असार  ३१  गते   काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक  आज बस्दैछ ।संघीय संसद सचिवालयको  राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ ।

त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन । सचिवालयले दुवै सदनको बैठक बोलाएपछि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन ।

मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।

सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।