युरोकपको उपाधि स्पेनलाई इंग्ल्यान्ड उपविजेतामै सीमित

774Shares
युरोकपको उपाधि स्पेनलाई इंग्ल्यान्ड उपविजेतामै सीमित

३१ असार म्युनिख । स्पेनले रेकर्ड चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो ।खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका थिए ।स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो ।