फाइल खुल्न थालेपछि सत्ता समिकरण परिवर्तन भएको दावी: रवि लामिछाने

27Shares
फाइल खुल्न थालेपछि सत्ता समिकरण परिवर्तन भएको दावी: रवि लामिछाने

२०८१ असार २८  गते काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिदै लामिछानले बिभिन्न प्रकरणको फाइल खोल्दा बेचन झा र प्रतीक थापाहरु पक्राउ पर्ने क्रम सुरु भएपनि सत्ता समिकरण परिवर्तन भएको दावी गर्नुभएको हो ।

वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको लामिछानेले दाबी गरे । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ । उनले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर आफू तिनीहरूलाई ठिक पार्छु भनेर सांसदहरू लिएर सान्त्वना दिने ठाउँमा सुशासन भेटिन्छ भन्दै प्रश्न गरे ।

आफुलाई जवरजस्ती सहकारी ठगको रुपमा स्थापीत गर्न खोजेको उल्लेख गर्दै लामिछानले आफुले कानून बमोजिम कसैलाई कारवाही गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरा परेको टिप्प्णी भएको जिकिर गर्नुभयो । लामिछानेले कांग्रेस–एमालेले भनेको राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गर्दै जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको बताउनुभयो ।