किन लाग्यो बर्दियाको सडक पुर्वाधार विकास कार्यालयमा ताला ?

18Shares
किन लाग्यो बर्दियाको सडक पुर्वाधार विकास कार्यालयमा ताला ?

दीपककुमार शर्मा
२८ असार बर्दिया । काम सम्पन्न भएपनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीहरुले सडक पुर्वाधार विकास कार्यालय बर्दियामा तालाबन्दि गरेका छन ।
बर्दियाका निर्माण व्यवसायीहरुले काम सम्पन्न गरिसकेपनि करिब ८ करोड भन्दा बढि रुपैया भुक्तानी पाउन नसकेको बताएका छ ।प्रदेश सरकारले असार २४ गते राति १२ बजे खाता बन्द गर्नुपर्नेमा २२ गते साँझ ६ बजे बन्द गरेको कारण काम भएपनि भुक्तानी दिन नसकिएको सडक पूर्वधार विकास कार्यालय, बर्दियाका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताउनु भयो । प्रदेश सरकारले रकम नपठाएका कारण यस्तो समस्या भचएको बताउनु भयो ।निर्माण व्यवसायी संघ, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसीको नेत्रृत्वमा कार्यालयमा ताला लगाइएको निर्माण व्यवसायी संघ बर्दियाका सचिव जगदिस अधिकारी बताउनु भयो ‘व्यवसायीले बैंकबाट ऋण लिएर सरकारको काम गरेको छ तर काम सम्पन्न गरेको भुक्तानी नपाउदा आफुहरु सडकमा पुग्ने अवस्था आएको अधिकारीले बताउनु भयो ।सडक पूर्वाधार विकास कार्यालय बर्दियाका सूचना अधिकारी देबेन्द्र सिंह मालका अनुसार कार्यालयमा ताला लागेका कारण काम काज खासै नभएपनि प्रभावित बनेको बताउनु भयो ।निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भरत पौडेलले निर्माण व्यवसायी यस्तो कार्यले मर्कामा परेको बताउनु भयो उहाका अनुसार लुम्विनी प्रदेशमा झन्डै ३ अर्व रुपैया भुक्तानी रोकिएको छ ।यस विषयमा बुझन खोज्दा लुम्बिनी प्रदेश सचिव एंव प्रवत्ता निराजन घिमिरेले नयाँ शिरा संग कुरा गर्दै संघिय सरकारबाट आउनु पर्ने रकम नआएका कारण निर्माण व्यवसायीलाई काम सम्पन्न गरेपनि भुक्तानी दिन नसकिएको बताउनु भयो । उहाका अनुसार झन्डै ३ अर्व रुपैया प्रदेश सम्पन्न भएका निर्माण कार्यको भुक्तानी दिन बाँकि रहेको छ ।