२०८१ असार २४ गते काठमाण्डौ। सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद घर्तीले दुई पार्टी बीचको सहमती दुई दलीय प्रणालीको लागि हो भने त्यो मान्य नहुने चेतावनी समेत दिनुभयो । सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाउनु भयो ।संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरुको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।
उहाले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।राजनीतिक इस्युहरु मिल्छन्, एजेण्डाहरु मिल्छन् ।