बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

765Shares
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

२०८१ असार  २४  गते  हेटौँडा । कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ ।केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रीमा केशव पोखरेल, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रीमा एकालाल श्रेष्ठ थिए।

एमालेका मन्त्रीहरुले केहीदिनअघि नै राजीनामा बुझाउन खोजेको भएपनि मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नभएकाले ढिलाइ भएको थियो । एमाले सरकारबाट बाहिरिएसँगै जम्कट्टेलले राजीनामा भने नदिई विश्वासको मतको सामना गर्ने बताइएको छ ।