गएको २४ घन्टामा कहाँ कति पानी पर्‍यो ?

15Shares
गएको २४ घन्टामा कहाँ कति पानी पर्‍यो ?

२२ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । यो अवधि शुक्रबार बेलुका ७ देखि शनिबार बेलुका ७ बजेसम्ममा पाल्पामा सबैभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको रेन डाउन फल म्यापकाअनुसार पछिल्लो २४ घण्टामा पाल्पाको कुमालगाउँमा सबैभन्दा धेरै वर्षा भएको छ ।त्यहाँ पछिल्लो २४ घण्टामा ४०६ मिलिमिटर वर्षा भएको छ ।यस्तै, पाल्पाकै जाल्पामा ३०१ मिलिमिटर, गैडाकोटमा २९७ मिलिमिटर, स्याङ्जामा २७८ मिलिमिटर, दाङको लमहीमा २६३ मिलिमिटर, सोही जिल्लाको रातामाटामा २६० मिलिमिटर, घोराहीमा २५१ मिलिमिटर र कास्कीमा २०९ मिलिमिटर वर्षा भएको छ ।यता काठमाडौं उपत्यकामा भने सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७० मिलिमिटर पानी परेको छ ।बबरमहल क्षेत्रमा ९४ मिलिमिटर पानी परेको छ ।