यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले ……..

795Shares
यस्तो पनि हुँदो रैछ,  जिन्दगीमा कैले कैले ……..

१९ असार काठमाडौं । यतिखेर नेकपा एमालेले बिच बाटोमा अलपत्र पारेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै मार्मिक फत्तेमानको गीत गुनगुनाउनु भएको छ ।नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गर्नु भएन ।प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको राजीनामा दिने मन्त्रीको भनाई छ ।
‘मैले एउटा गीत सम्झिरहेको छु  यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए । प्रधानमन्त्रीले विश्वास टुटेपछि सो गीत गाएको बताइएको छ ।