असार १० गतेको नगर सभाले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा कर यकिन गर्न समिति बनाएको छ । समितिमा डा होम गैरे, विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम, इन्जिनियर सुरेन्द्र पाण्डे, रामजी पौडेल र शिवराम भण्डारी सदस्य हुनुहुन्छ ।
२०८१ असार १८ गते पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले पोखरा महानगरपालिकामा छापा मारेको छ। मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत राजस्व छुट दिएकोबारे उजुरी परेपछि छानबिन गर्न अख्तियारको टोलीले मंगलबार दिउँसो न्यूरोडस्थित कार्यालयमा छापा मारेको हो।आज (मंगलबार) अख्तियारले पोखरा महानगरको कागजातहरु नियन्त्रणमा लिएको हो ।
मणिपाल अस्पताललाई २० करोड छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका कागजात नियन्त्रणमा लिएको छ ।