२०८१ असार १७ गते धनुषा। धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।