विश्व विजेता बन्यो भारत

36Shares
विश्व विजेता बन्यो भारत

१५ असार काठमान्डौ । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट भने बचेको छ ।भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे ।त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।