२०८१ असार ३, सोमबार काठमाडौ । पश्चिम बंगालको जलपाइगुडीमा आज बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे पश्चिम बंगालको रंगापानी र नयाँ जलपाइगुडी स्टेसनको बीचमा दुई वटा रेल आपसमा ठोक्किएका हुन् ।
दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उहाँ स्तब्ध भएको उल्लेख गरेका छन् ।
रेलवे स्रोतका अनुसार माल कन्टेनर रेलले सिग्नललाई ओभरसट गरी कञ्चनजंघा एक्सप्रेसको पछाडिको पार्सल कोचमा ठक्कर दिएको थियो