अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

81Shares
अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

१९ बैशाख कैलाली । कैलालीको अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मंगलबार गोदावरी ३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।गोदावरी नगरपालिका ४ वनदेवी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटना भएको थियो।