पाकिस्तानमा प्राकृतिक विपद कारण ४१ जनाको मृत्यु

57Shares
पाकिस्तानमा प्राकृतिक विपद कारण ४१ जनाको मृत्यु

३ बैशाख पाकिस्तान । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र वर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसंख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठजनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठजनाको मृत्यु भएको छ ।