२ बैशाख काठमाडौं । टर्कीको दक्षिणी रिसोर्ट प्रान्त अन्टाल्यामा एउटा केबलकार एक पोलमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय टर्कीका नागरिक हुन् ।देशका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले एकजनाको मृत्यु भएको बताएका छन् । घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाइएको छ । कुल १३७ जनालाई उद्धार गरिएको छ । घाइतेमध्ये दुई बालबालिका छन् ।मुस्लिमहरूको पवित्र महिना रमजानको अन्त्यमा मनाइने ईद अल–फित्रको बिदामा भूमध्यसागरीय सहर अन्टाल्याबाहिर रहेको लोकप्रिय टुनेकटेप केबलकार दुर्घटना भएको हो ।