कथाकार परशु प्रधानको निधन

765Shares
कथाकार परशु प्रधानको निधन

६ चैत काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।
सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिने छ ।आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् प्रतीक प्रधानले जानकारी दिएका छन् ।वि सं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा र उपन्यास विधामा कलम चलाउने गरेका थिए ।पीआर प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि।सं। २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।सुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए । उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।