५ चैत रुस । रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन फेरि विजयी भएका छन् । उनी पाँचौं पटक रुसको राष्ट्रपति भएका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार ८७ प्रतिशत मत ल्याएर पुटिन विजयी भएका हुन् । शुक्रबारबाट आइतबारसम्म भएको मतदानमा ७४ प्रतिशत मत खसेको बताइएको छ ।आइतबारको चुनावी घोषणा पछि पुटिनले सार्वजनिक विजयी भाषण गरेका छन् । भाषणमा उनले रुस बलियो, स्वतन्त्र र सार्वभौम देश बनाउने आफ्नो सपना भएको बताएका छन् । रुसी जनता एक भएको अवस्थामा भविष्यका सबै समस्याहरुबाट पार लाग्न सकिने पुटिनले बताएका छन् ।चुनावकै आसपासको समयमा युक्रेनले रुसी सीमा मिच्नलाई पाँच हजार सैनिक पठाएको तर रुसी प्रतिकारमा परेर चालिस प्रतिशतले ज्यान गुमाएको पुटिनले बताएका छन् । उनले भनेका छन्, ‘जो जो रुसी सीमानामा घस्रेर आए उनीहरु कोही जिवित छैनन् । दुस्मन पिसिन चाहान्छन् भने हामी यसबाट लाभान्वित नै छौँ ।