गृहमन्त्रीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठक स्थगित

51Shares
गृहमन्त्रीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठक स्थगित

२ चैत काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले संसद्को वेल घेराउ गरेका हुन् । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । गहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।