३० फागुन काठमान्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन्।प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्।भने प्रस्तावको विपक्षमा ११० मत परेको छ। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभामा बुधबार २६८ सांसद उपस्थित थिए।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको यो तेस्रो पटक हो। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।