२४ फागुन बर्दिया । बर्दियाको गुलरियामा रहेको बगलामुखी मन्दिरमा महाशिवरात्री पर्व धुमधामका साथ मनाइने भएको छ ।
गुलरिया नगरपालिका–७ मा अवस्थित बगलामुखी मन्दिरमा महाशिवरात्री पर्वको लागि सम्पुर्ण तयारी भईसकेको बगलामुखी मन्दिर व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बोल्दै बगलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङगानालेबगलामुखी मन्दिरमा महाशिवरात्रीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।फागुन २५ गते शुक्रबार महाशिवरात्री पर्वको अवसरमा पिताम्बरेश्वर मन्दिरमा विशेष शिव पुजन, ११ ब्राम्हणद्वारा लघुरुद्रि पाठ, दिउसो ३ बजे देखि ६ बजेसम्म भण्डारा तथा प्रसाद वितरण, बेलुका ७ बजे बगलामुखी मन्दिरमा रहेको यज्ञ कुण्डमा शिवधुनि जागरण शिव उत्सव र साढे ७ बजे मन्दिर परिसरमा भजन किर्तन तथा प्रसाद वितरणको कार्यक्रम रहेको उहाले जानकारी दिनु भयो । सो अवसरमा सम्पुर्ण महानुभावहरुालई उपस्थितिका लागी प्रचार प्रसार तथा आग्रह गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले बताउनु भयो ।