अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु

81Shares
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु

८ फागुन काठमाडौं । अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका छन् । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा  गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ‌ पुरिएका छन् ।अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो । डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ ।