जिम्बाब्वेले मृत्युदण्डको सजाय खारेज गर्ने

111Shares
जिम्बाब्वेले मृत्युदण्डको सजाय खारेज गर्ने

२५ माघ काठमान्डौ । जिम्बाब्वे सरकारले मृत्युदण्डको सजाय खारेज गर्ने भएको छ । देशव्यापी छलफलपछि यो सजाय खारेज गर्ने निर्णय गरिएको सूचनामन्त्री जेनफान मुस्वेरले जानकारी दिए ।जिम्बावेमा विगत २० वर्षमा कसैलाई पनि फाँसी दिइएको छैन ।यो निर्णयपछि अब त्यस्ता कैदीको सजाय प्राविधिक रूपमा जन्मकैदमा परिणत हुने विश्वास गरिएको बीबीसीले जनाएको छ । तर, सरकारले मृत्युदण्डसम्बन्धी कानुनमा यी परिमार्जन कहिलेदेखि लागू हुने हो भन्ने कुनै घोषणा गरेको छैन ।जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा मृत्युदण्डको कडा विरोध गर्दै आएका छन् । ६० को दशकमा देशको स्वतन्त्रता संग्राममा उनलाई मृत्युदण्ड पनि दिइएको थियो तर पछि उनको सजाय घटाइएको थियो ।