कविता

819Shares
कविता

      खोई बुझेको

राजनीतिको परिभाषा फेरिदै छ
मनोमानी र अराजकतामा घेरिदै छ
रुपमा स्वतन्त्र छ भन्छ
सारमा दासतामा बेरिदै छ !
पढाइन्थ्यो राजनीतिमा
प्रधान र गौण शत्रु हुन्छ भनेर
सिकाइन्थ्यो परास्त गर्न
गौण शत्रु वीचको एकता गरेर
परीभाषा त उस्तै छ
मात्र, कार्यनीति फेरिदै छ
प्रधान शत्रु सखाप पार्न
गठवन्धन जोडीदै छ !!
एकता वनाउ देश जोगाउन
अन्यथा,
पालो सबैको ल्याउने छ
जसले,जालो सर्वत्र बुन्दै छ
न सुधारे चरित्र, नबने ईमान्दार
न बुझे उसको दाँउ
पार्टीको त के कुरा गणतन्त्र नै जाने छ रुरुरु
समाजवाद उन्मुख लेखेर मात्र हुन्छ के
जव संविधान नै कसले हर्ने छ ?
अंगद श्रेष्ठ “प्रयास”
गुलरिया–६,बर्दिया