७ माघ काठमान्डौ । भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएको छ ।भारत र म्यान्माबिच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिनुभएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताउनुभयो ।टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भन्नुभयो, “हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।” सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ ।अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागु भएको छैन । यहाँ लडाइँ जारी छ ।