वेकरी निर्माण सम्वन्धि तालिम सम्पन्न

750Shares
वेकरी निर्माण सम्वन्धि तालिम सम्पन्न

२७ पुस काठमान्डौ । सम्वृद्धि नेपालको आयोजनामा वेकरी निर्माण सम्वन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।
काठमान्डौ महानगरपालिका वार्ड न २२ को आर्थिक सहयोगमा २० जना गृहणी महिलाहरुका लागी आयोजना गरिएको सो तालिममा सोफिना रज्जितले सहजीकरण गर्नु भएको थियो । तालिम समापन समारोहमा वडाध्यक्ष चिनकाजी महर्जनले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीपलाई आफैले प्रयोगमा ल्याउन सुझाव दिनु भयो । तालिम समापन समारोहमा आयोजक सम्बृद्धि नेपालका अध्यक्ष निता शर्मा , सचिव बिना परियार , कोषाध्यक्ष शान्ता थापा, उपाध्यक्ष पार्वती आले त्यसै गरी सदस्यहरु माया तामाड , तुल्सि राणा, गिता परियार र ललिता परियारको पनि सहभागीता रहेको थियो ।