गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

60Shares
गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

२१ पुस काठमाडौं । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या २२ हजार ६०० पुगेको छ । अहिलेसम्म ५७ हजार ९१० जना घाइते भएका छन् ।गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार इजरायली सेनाले बितेको २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । जसमा १६२ जनाको मृत्यु भएको छ भने २९६ जना घाइते भएका छन् ।गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले निरन्तर जवाफी आक्रमण गरिरहेको छ ।