काठमाडौं आउँदै गरेको बस बारामा दुर्घटना, तीन जनाको मृत्यु

756Shares
काठमाडौं आउँदै गरेको बस बारामा दुर्घटना, तीन जनाको मृत्यु

४ पुस काठमान्डौ । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ।बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा २० जना घाइते छन्।