अछाममा पल्टियो जीप, १३ जना घाइते

45Shares
अछाममा पल्टियो जीप, १३ जना घाइते

३ पुस अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका ६, ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जीप दुर्घटना भएको हो ।हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका ३ का कार्बु लामाले चलाएकोे भे १ च २५७६ नम्बरको जीप दुर्घटनामा परी जीपमा सवार १४ जनामध्ये १३ जना घाइते र एक जना सामान्य घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।